गठबन्धन सरकार एमालेकरण हुन लागेको कांग्रेस नेता कोइरालाको भनाई

फाल्गुन ६, २०८१ | काठमाडौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन सरकार एमालेकरण हुन लागेको बताउनुभएको छ । 

आफ्नो दल सत्तामा रहेपनि सरकारमा नरहेको भन्दै कोइरालाले सुशासन र स्थिरताका लागि बनेको गठबन्धनले लोकतन्त्रको भावना अनुसार काम नगरेको आरोप समेत लगाउनुभयो । नेता कोइरालाले केन्द्रदेखि पालिकासम्म संयन्त्रबाट शासन गर्ने र अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भएको टिप्पणी गर्नुभयो । संयन्त्रबाट देश चलाउने प्रणाली कम्युनिष्ट शासनमा मात्र हुने उहाँको भनाइ थियो ।

सरकारले संसदलाई छलेर अध्यादेश ल्याउने जमर्को गरिरहेको उल्लेख गर्दै कोइरालाले अध्यादेशबाट सरकार चलाउने कार्यले लोकतन्त्रलाई हित नगर्ने बताउनुभयो । 


प्रतिक्रिया