स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१ सार्वजनिक

चैत्र ३, २०८१
स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१ सार्वजनिक भएको छ । कार्यदलले प्रतिवेदनमार्फत् तत्कालीन, अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी विभिन्न ढाँचामा रही सुझाव पेस गरेको छ । स्वास्थ्य बिमाको प्रभावकारिता वृद्धि गरी यसलाई सबै नागरिकको पहुँचमा पुर्याउन तथा बिमामार्फत उपलब्ध हुने सेवा गुणस्तरीय र सर्वसुलभ बनाउन लगायत बिषयमा केन्द्रित रही प्रतिवेदनमा सुझाव दिइएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्यमन्त्री पौडेलले नागरिकको स्वास्थ्यमा बढी असर पार्ने चिनीजन्य पदार्थमा लगाउन सकिने कर तथा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने प्रदूषण, सुर्ती, मदिराआदिमा लगाइएको करको सानो अंश परिचालन गर्न सकिएमा स्वास्थ्य बिमा कोष बलियो बनाउन सकिने बताउनुभयो । गत असोज १३ गते डा शम्भु आचार्य नेतृत्वमा नौ सदस्यीय स्वास्थ्य बिमा सुधार सुझाव समिति गठन गरिएको थियो । समितिले गत पुस १९ गते स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको थियो ।