काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलेको छः उर्जामन्त्री खड्का

चैत्र १४, २०८१
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानुन भन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरुबीच होडबाजी चलिरहेको उल्लेख गर्नुभयो ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएपछि सार्वजनिक रुपमा आलोचना भइरहेका बेला मन्त्री खड्काको यस्तो अभिव्यक्ति आएको हो । यसैबीच, संसदमा प्रतिपक्षीले उठाएको विषयमा जवाफ दिन तयार रहेको एमाले मुख्य सचेतक महेश बर्तौलाले बताउनुभयो । सरकारका तर्फबाट जवाफ दिन तयार भएपनि प्रधानमन्त्री ओलीले भने जवाफ नदिने बर्तौलाको भनाइ छ । यसैबीच, विपक्षी राप्रपाले घिसिङलाई पदबाट हटाएको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।