संघीय निजामती सेवासम्बन्धी विधेयक संसदीय उपसमितिबाट फरक मतसहित पारित

रेडियो कान्तिपुर संवाददाता

चैत्र १४, २०८१

संघीय निजामती सेवासम्बन्धी विधेयक संसदीय उपसमितिबाट फरक मतसहित पारित भएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिबाट सो विधेयक फरक मतसहित पारित भएको हो । 

उपसमितिका संयोजक दिलेन्द्रप्रसाद बडूले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बारेको प्रतिवेदन समिति सभापति रामहरि खतिवडालाई हस्तान्तरण गर्नुभयो । उपसमिति सदस्यहरूले विधेयकमा कुलिङ पिरियड, कर्मचारी युनियन र अतिरिक्त सचिवका सम्बन्धमा फरक मत राखेका छन् । 


प्रतिक्रिया