छठ पर्व विधिवत् रुपमा आजबाट सुरु

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ८, २०८२ | काठमाडौं

सूर्यदेवको आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत् रुपमा सुरु भएको छ । तराई मधेसका विभिन्न जिल्लामा मनाइने छठ आजबाट औपचारीक रुपमाा सुरु भएको हो । नदी किनार, ताल तलाउ र पोखरीहरु सजाउन थालिएको छ ।

काठमाडौंमा पनि पोखरीहरु सफा गर्दै घाट निर्माणको क्रम तिब्र पारिएको छ । छठपर्वका लागि चाहिने आवश्यक सामाग्री खरिदका लागि स्थानीय हाट बजारमा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । बाँसका कोनिया, ढाकी, नाङ्लो, माटोका हात्ती, दियो लगायत सामग्रीका साथै केरा, नरिवल, उखु, अदुवाको बोट लगायत अन्य पूजा सामग्री किन्नेको भिड लागेको हो ।

यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ मनाइएको छ । दोस्रो दिन भोलि दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने चलन छ । मुख्य दिन पर्सी सोमवार साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ । यस्तै, छठपर्वको अन्तिम दिन मंगलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गरिनेछ ।


प्रतिक्रिया