वर्षा रोकिएपछि सिद्दार्थ राजमार्ग सुचारु
चैत्र ७, २०८२ | पाल्पा
पानी पर्न रोकिएपछि सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड सुचारु भएको छ । आज बिहानैदेखि पानी परेपछि सिद्धबाबा क्षेत्रमा सानाठूला ढुंगा खसेपछि स्थानीय प्रशासनले सवारी साधन संचालनमा रोक लगाएको थियो ।
राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा भारी वर्षा भएर जोखिम बढेपछि सवारी साधन रोक लगाइएको भए पनि पानी रोकिएपछि जोखिम कम हुनासाथ सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी होमप्रकाश चौधरीले बताउनुभयो ।
हिजोदेखि पाल्पा लगायत सिद्धबाबा क्षेत्रमा पानी परेको छ । दोभान प्रहरी चौकीदेखि चिडियाखोलासम्म सिद्धार्थ राजमार्गमा जोखिम छ । सुरुङ्मार्ग निर्माण भइरहेको भए पनि त्यसको बाहिर ढुंगा खस्ने समस्या उस्तै छ । सिद्धबाबा क्षेत्रमा सवारी साधन चल्न नदिएपछि प्रभास, बुटवल, दोभान, केराबारी, जोरधारा लगायतका स्थानमा सयौं सवारी साधन रोकिएका थिए ।
प्रहरीले बुटवलतर्फबाट जाने सवारी साधनलाई तल्लो सिद्धबाबा क्षेत्रमा र तानसेन तर्फबाट बुटवल हिडेका सवारी साधनलाई बर्तुङदखि दोभान प्रहरी चौकीसम्म विभिनन स्थानबाट जान दिएको थिएन । सिद्दार्थ राजमार्ग भएर बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखा“ची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु ओहोरदोहोर गर्छन् ।










