चौरासी ब्यञ्जन खाँदापनि कसैलाई नुन पुग्दैन त कसैलाई अमिलो : मन्त्री लालबाबु पण्डित

रेडियो कान्तिपुर संवाददाता

पुस २९, २०७५ | काठमाडौं

The Headliners with Lalbabu Pandit | Radio Journalist Prakash Pathak | 13 January 2019

चौरासी ब्यञ्जन खाँदापनि कसैलाई नुन पुग्दैन त कसैलाई अमिलो : मन्त्री लालबाबु पण्डित 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समयोजनपछि कार्यक्षेत्र नजाने कर्मचारीलाई तत्काल बिदा दिने बताउनुभएको छ । अनलाईन फारममा उल्लेख गरेअनुसार नै कर्मचारीको समायोजन प्रक्रिया सुरु हुने बताउदै मन्त्री पण्डितले खटाएको क्षेत्रमा नगए तत्काल कारबाहि गर्ने चेतावनी दिनुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै मन्त्री पण्डितले स्थानीय तहमा समायोजन हुन चाहाने कर्मचारीका लागी बरिष्ठता, राजेको स्थान र घरपायक क्षेत्रलाई प्राथमिकता दिने ब्यबस्था अध्यादेशमै रहेकाले त्यसमा एक ईन्चपनि तलमाथी हुन नदिने जिकिर गर्नुभयो ।  कर्मचारीका फरक फरक मागबारे व्यङ्ग्य गर्दै मन्त्री पण्डितले भन्नुभयो, चौरासी व्यञ्जन खाँदा पनि कसैलाई अमिलो पुग्दैन त कसैलाई नुन अनि कसैलाई चर्को हुन्छ । चाहानाले मात्र हुने भए मलाई अहिले मंगल ग्रहमा जान मन लागेको छ, सम्भव छ ?

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

 

The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am


प्रतिक्रिया