आठौं राष्ट्रिय खेलकुद आयोजनामा केही समस्या छन् : कराते प्रशिक्षक दीपक श्रेष्ठ

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan Acharya | 22 April 2019

प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता व्यवस्थानका हिसाबले चुकेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बताउनुभएको छ । पूर्वाधार निर्माण समयमै सम्पन्न नहुनु र खेलहरु विभिन्न स्थानमा आयोजना गर्दा व्यवस्थापनमा समस्या देखिएको उहाँको भनाइ थियो । १३ औं दक्षिण एशियाली खेलकूदको छनोटको रुपमा रहेको आठौं राष्ट्रिय खेलकुदमा खेलाडीको प्रदर्शन समेत प्रभवित भएको श्रेष्ठले उल्लेख गर्नुभयो । 

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै खेलपत्रकार एवं हाम्रो खेलकुद डट कमका सम्पादक प्रकाश तिमल्सिनाले २ वर्षमै आयोजना हुनु र पूर्वाधार निर्माणको क्रम शुरु हुनुलाई आठौंको सफलता मान्नुपर्ने जिकिर गर्नुभयो । यद्यपि स्थानीय र प्रदेश सरकारसँगको समन्वय अभावमा प्रतियोगिता बृहत हुनबाट चुकेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया