माथिल्लो त्रिशूली थ्री 'ए' राष्ट्रिय प्रणालीमा जोडियो

जेष्ठ २, २०७६ | काठमाडौं

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिएको छ । आयोजनाको पहिलो युनिटको ३० मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडिएको हो ।  नेपाल विद्युत प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्ले स्थित कन्ट्रोल रुममा रहेको स्विच दवाएर आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गर्नुभयो ।

हाल आयोजनाबाट परीक्षणको रुपमा उत्पादन भइरहेको विद्युत २ सय २० केभी डबल सर्किट प्रसारण लाइन मार्फत काठमाडौंको मातातीर्थस्थिति सबस्टेसनमा जोडिएको छ । पहिलो युनिटबाट परीक्षणका रुपमा भोली सााझदेखि लगातार ७२ घण्टा विद्युत उत्पादन गरिने प्राधिकरणले जनाएको छ । आयोजनाको दोस्रो युनिट असारको दोस्रो हप्ताभित्र संचालनमा ल्याउने गरी काम भइरहेको छ ।

माथिल्लो त्रिशूली ३ ए संचालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र हिउादमा माग धान्न भारतबाट आयात हुने ऊर्जाको परिमाण घट्ने कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । कुल १२ करोड ५८ लाख डलर लागतमा नेपाल सरकार, प्राधिकरण र चिनियाा एक्जिम बैकको सहुलितपूर्ण ऋणमा आयोजना निर्माण सम्पन्न भएको हो । 


प्रतिक्रिया