किसानको उत्थानबिना समृद्धिको सपना नदेखे हुन्छ : नेता हृदयश त्रिपाठी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 22 May 2019

स्वतन्त्र राजनीतिक समुहका नेता ह्दयश त्रिपाठीले ६५ प्रतिशत किसानको समस्या समाधान नभएसम्म मुलुकको सम्बृद्धि संभव नहुने बताउनुभएको छ । रेडियो कान्तिपुरको प्रभातकालिन कार्यक्रम द हेडलाईनर्समा बुधबार कुराकानी गर्दै नेता त्रिपाठीले किसानप्रति राज्यले लिएको नीति नै असान्दर्भिक भएको दावी गर्नुभयो । किसानका लागि सरकारले छुट्याएको बजेटको १८ प्रतिशत रकम मात्र किसानसम्म पुग्ने गरेको बताउदै उहाँले यो अवस्थामा सुधार नभए, मुलुकमा परनिर्भरता थप बढ्दै जाने उल्लेख गर्नुभयो । 

उत्पादित उपजको मुल्य उत्पादकले निर्धारण गर्न नपाएसम्म मुलुकको कृषि क्षेत्रले अहिलेकै नियती भोग्ने बताउदै नेता त्रिपाठीले बिचौलिया नियन्त्रण गरि कृषक र उपभोक्ताबीचको दुरी घटाउन कानुनको आवश्यक्ता औल्याउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया