सुन १२ सयले बढ्यो 

भाद्र ८, २०७६ | काठमाडौं

- नेपाली बजारमा सुनको मुल्य आज एकै दिन १ हजार २ सय रुपैयाँले बढेको छ । सुन आज प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन गत शुक्रबार ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । लगातार ३ दिन ७१ हजार ३ सय रुपैयाँमा स्थिर रहेको सुनको मुल्यले आज नयाँ रेकर्ड छोएको हो ।

चाँदी पनि आज २० रुपैयाँले बढेको छ । गत शुक्रबार ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ५० रुपैयाँ पुगेको छ ।  
 


प्रतिक्रिया