युवा फुटबलरमाथि लगानी नबढाए राष्ट्रिय टोली बलियो हुँदैन : सञ्जिव मिश्र, फुटबल विज्ञ

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 23 September 2019 | 05 Asoj 2076

नेपाली राष्ट्रिय टोलीलाई बलियो बनाउन युवा फुटबल कार्यक्रमको बृद्धि र युवामा लगानीको बिकल्प नभएको फुटबल विज्ञ सञ्जिव मिश्रले बताउनु भएको छ । दक्षिण एशियाली क्षेत्रमा अन्य राष्ट्रले युवामा लगानी बढाएको र अन्तर्राष्ट्रिय एक्सपोजर समेत दिन थालेकाले नेपालको प्रदर्शनभन्दा उनीहरुको राम्रो हुने गरेको उहाँको भनाइ थियो । 

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाईनर्समा कुरा गर्दै मिश्रले बढी उमेरका खेलाडीलाई टीममा राख्ने यसअघिको परम्परा अहिले तोडिएकाले पनि प्रदर्शन अपेक्षा गरिए अनुसार हुन नसकेको बताउनुभयो । उमेर समूहका प्रतियोगितामा सही उमेरका खेलाडीलाई मात्र राख्न थालिए अहिले प्रदर्शन खस्केकोजस्तो देखिए पनि कालान्तरमा यसले नेपालको फुटबललाई सकारात्मक प्रभव पर्ने उहाँको भनाइ थियो ।


प्रतिक्रिया