इन्धन आयात घट्यो

कार्तिक २३, २०७६ | काठमाडौं

- चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा इन्धन आयातको परिमाण बढेपनि रकम भने उलेख्य घटेको छ । नेपाल आयल निगमका अनुसार साउन, भदौ र असोजसम्म ४६ अर्ब ५४ करोड ४५ लाख ३१ हजार रुपैयाँ बराबरको  इन्धन आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ७ अर्बले कम हो ।

गत आर्थिक वर्षको तीन महिनामा ५३ अर्ब ५४ करोड २४ लाख ३२ हजार रुपैयाँको इन्धन आयात भएको थियो । अन्र्तराष्ट्रिय बजारमा इन्धनको मुल्य घट्दा आयात रकममा कमी आएको निगमले जनाएको छ । इन्धन आयात रकममा घटेपनि परिमाणमा भने बृद्धि भएको छ । असोजसम्म ७ लाख ३६ हजार १ सय ६ किलोलिटर इन्धन आयात भएको छ ।

गत वर्षको सोही अवधिमा भने ५ लाख ४३ हजार ४ सय ८१ किलोलिटर इन्धन आयात भएको निगमको तथ्याङक छ । इन्धनको आयात घट्दा पहिलो त्रैमासिकमा व्यापार घाटा कम गर्न सघाउ पुगेको छ । 
 


प्रतिक्रिया