सुनको मुल्य हालसम्मकै उच्च

असार ६, २०७६ | काठमाडौं

- सुन अहिलेसम्मकै सर्वाधिक महंगो प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ । छापावाल सुन आज १ हजारले बढेर ६५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी संघका प्रवक्ता मनोज कुमार शाहले बताउनुभयो । 

आर्थिक वर्ष २०७६–७७ को बजेट सार्वजनिक गर्नु अघि सुन जेठ १५ गतेसम्म प्रति तोला ५९ हजारमा कारोवार भइरहेको थियो ।

बजेट वक्तब्यमा आगामी आर्थिक वर्षबाट सूनमा प्रतितोला १ हजार रुपैयाँ कर थप्ने घोषणा पछि ६० हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको मुल्य प्रति तोला ७ सय ४० रुपैयाँ पुगको छ ।  


प्रतिक्रिया