नेप्सेमा सामान्य अंकले सुधार

असार १०, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज सामान्य अंकले सुधार आएको छ । बजार परिसूचक नेप्से आज शुन्य दशमलव ९६ अंकले बढेर १ हजार २ सय ६१ दशमलव ७ अंकमा पुगेको छ । नेप्से उकालो लागेपनि कारोबार रकम पनि हिजोको तुलनामा १२ करोड रुपैयाँ घटेको छ ।

कारोबार भएका १२ कम्पनी समूहका उपसूचक मध्ये ६ वटा कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार प्रभावित बन्यो । नेप्सेमा आज कुल १ सय ७४ कम्पनीका ५ हजार ५ सय ८७ कारोबारबाट १३ लाख २४ हजार ५ सय १९ कित्ता सेयर किनबेच भए ।

जसअन्तर्गत ३६ करोड ४७ लाख ७३ हजार रुपैयाँ बराबर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । नेप्सेमा आज नेपाल क्रेडिट एण्ड कर्मसिएल बैँकको सबैभन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया