पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कार्तिक १५, २०७७ | पाल्पा

पाल्पाको तानसेनबाट गुल्मीतर्फ जाँदै गरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । दुर्घटना तानसेन नगरपालिका–१४, अर्गलीका ३९ वर्षीय हरिप्रसाद ज्ञवालीको मृत्यु भएको छ । 

लु १९ प ८१७५ नम्बरको मोटरसाइलमा जाँदै गर्दा भएको दुर्घटनामा गुल्मीको ग्वादीका ४३ वर्षीय अनिल ज्ञवाली घाइते भएका छन् । रिब्दीकोट गाउँपालिका–३, खस्यौली सिरुखर्कमा भएको दुर्घटनामा दुबै जना घाइते भएका हुन् । 

उपचारका लागि तानसेन ल्याउँदै गर्दा हरिप्रसादको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो । घाइते अनिलको लुम्बिनी मेडिकल कलेजमा उपचारपछि घर पठाइएको छ ।


प्रतिक्रिया