पाँचथर अस्पतालमा बालिका मृत्यू प्रकरण: जटिल एलर्जेटिक प्रकृयाका कारण मृत्यु

आश्विन २१, २०७८

उपचारका क्रममा पााचथर अस्पतालमा तीन बर्षीय क्रिष्टिना थाम्सुहाङको मृत्युका सन्दर्भमा पााचथर अस्पतालले विज्ञप्ती मार्फत धारणा सार्वजनिक गरेको छ । अस्पताल प्रशासनले आज प्रेस विज्ञप्ती सार्वजनिक गर्दै ज्वरो आएर अस्पताल भर्ना भएकी बालिकालाई नियमित जााचका क्रममा बुधबार २० गते बिहानको डोज लगाउने क्रममा नसाबाट सेफ्ट्रियाक्जोन नामक औषधी दिइसकेर पारासिटामोल लगाउने क्रममा बेहोस भइ मुटुको चालमा समस्या आएर मृत्यु भएको उल्लेख गरिएको छ । अस्पताल प्रमूख डाक्टर बुद्वीबहादुर थापाले मुटुको चालमा समस्या आएपछि आधा घण्टासम्म सिपिआर सहित मुटु चलाउने औषधी दिादा पनि मुटुको चाल फिर्ता नआएपछि बालिकालाई मृत घोषणा गरिएको बताउनुभयो । चिकित्सकिय भाषामा यस्तो निधनलाई जटिल एलर्जेटिक प्रकृया भनिन्छ ।

विज्ञप्तीमा उल्लेख गरिए अनुसार करिब एकसातादेखि ज्वरो आएकी ती बालिकालाई अविभावकले पटक पटक पााचथर अस्पतालकै आकस्मिक विभागमा देखााउदै एन्टिबायोटिक खुवाउँदा पनि ज्वरो नघटेपछि असोज १९ गते भर्ना गरी बालबिशेषज्ञ डाक्टरको निगरानीमा नसाबाट सेफ्ट्रियाक्जोन,पारासिटामोल र ग्लुकोज दिादै उपचार भइरहेको थियो । अस्पतालले उपचाररत बिरामी बालिकाको मृत्युप्रति दु:ख ब्यक्त गर्दै घटनापछि आफन्तले चिकित्सकलाई गालीगलौज गर्दै अस्पताल तोडफोड गरेको विषयमा खेद ब्यक्त गरेको छ । सिमित जनशक्ति र स्रोत साधनका बावजुद बिरामीको उपचारमा अहोरात्र खट्ने स्वास्थकर्मीलाई आरोप सहितको सो घटनाले त्रसित बनाएकाले शान्ति सुरक्षाको प्रत्याभुति नभएसम्म अस्पतालका सबैखाले सेवा ठप्प पारिएको अस्पतालका सूचना अधिकारी नारायण जोशीले बताउनुभयो ।

बालिकाको मृत्यूको घटना सार्वजनिक गर्न माग गर्दै आफन्तले गरेको प्रदर्शन भड्किएपछि वुधबार सााझ पााचथर अस्पतालमा तोडफोड भएको थियो । तोडफोडका कारण अस्पताल भवनका विभिन्न संरचनामा क्षति पुगेको छ ।

यसैबीच बालिकाको शव पोष्टमार्टम पश्चात आफन्तले जिम्मा लिएर अन्त्येष्टि गरेका छन् । जिल्ला प्रशासन कार्यालय पााचथरमा आज भएको भएको सर्बपक्षीय वार्तामा घटनाको छानबिनका लागि ५ सदसीय समिति गठन गर्नका साथै अन्त्येष्टि खर्च बापत ४० हजार रुपैंया उपलब्ध गराइएपछि आफन्त शव बुझ्न तयार भएका थिए ।


प्रतिक्रिया