र्यापर लाहुरे धरौटीमा रिहा
.jpg&w=700&height=600)
फाल्गुन १०, २०७८ | कास्की
लागूऔषध मुद्दामा पक्राउ परेका र्यापर लाहुरे भन्ने आशिष राना धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीको इजलाशले उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताउनुभयो ।
लागूऔषध किन्ने क्रममा गत पुष १४ गते लाहुरे सहित चार जनालाई पोखराको न्युरोडबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीन जनालाई भने पुर्पक्षको लागि थुनामा पठाएको छ ।
पोखरा महानगर–२१ का ध्रुवबहादुर थापा, रुपा गाउँपालिका–७ का विक्की भन्ने नवीनकुरमा गुरुङ र पोखरा–८ की सुस्मिता गुरुङ पक्राउ परेका थिए ।