इङ्गलिस प्रिमियर लिग: चेल्सी सिटीसँग पराजित

आश्विन १०, २०७८ | एजेन्सी

इङ्गलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर सिटी, एस्टन भिल्ला, एर्भटन र वेष्ट ह्याम विजयी भएका छन् । म्यानचेष्टर सिटीले चेल्सीविरुद्ध १ –० को जित हात पारेको छ । म्यानचेष्टर सिटीका लागी ५३ औं मिनेटमा ग्याब्रियल जिससले गरेको एक मात्र गोल जितका लागी पर्याप्त भयो ।

एष्टन भिल्लाले पनि म्यानचेष्टर युनाइटेडलाई १–० गोल अन्तरले नै स्तब्ध पारेको छ । एष्टन भिल्लाका लागी खेलको ८८ औं मिनेटमा कोर्टनी होजले गोल गर्दै जित सुनिश्चित गरे ।

एर्भटनका लागी एन्ड्रोस टाउनसेण्ड र अब्दउ लेउ डाउकोरले दुई गोल गर्दै नर्विचविरुद्ध सानदार जित दिलाउन सफल भएको हो । वेष्ट ह्यामले लिड्सविरुद्ध २ –१ गोल अन्तरको जित निकालेको छ । लेष्टर सिटि र बर्नलीले २–२ को बराबरी गरेको प्रिमियर लिगमा वार्टफोर्ड र न्युकासलले पनि १–१ को बराबरी गरेका छन् ।

गएराती ब्रेन्टफोर्ड र लिभरपुलबीचको खेलमा गोलको वर्षा भएपनि दुवै टोली बराबरीमा चित्त बुझाउन बाध्य भएका छन् । यी दुई टोलीले ३–३ गोलको बराबरी गरेका हुन् । इथन पिनाक, योइन विसा र भिटाली जानेल्टले ब्रेन्टफोर्डका लागी र डिएगोल जोटा, मोहम्मद सलाह र कर्टीस जोन्सले लिभरपुलका लागी गोल गर्दै बराबरी गरेका हुन् । 


प्रतिक्रिया