इण्डिया टी–२० विश्वकपको फाइनलमा प्रवेश

असार १४, २०८१ | काठमाडौं

इन्डिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको देस्रो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई ६८ रनको फराकिलो अन्तरले हराउदै इन्डिया फाइनलमा प्रवेश गरेको हो ।

वेस्ट इण्डिजको प्रोभिडेन्स स्टेडियममा जितका लागि १ सय ७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६ ओभर ४ बलमा १ सय ३ रन जोड्दै अलआउट भयो । उसका लागि ह्यारी ब्रुक्सको २५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । 

उनी बाहेक अन्य ब्याटरले राम्रो स्कोर जोड्न सकेन् । इण्डियाका कुलदीप यादव र अक्षर पटेलले ३÷३ विकेट लिए । इन्डियाको जितमा कप्तान रोेहित शर्माले ५७ रनको अर्धशतकिय इनिङ्स खेले । 

इन्डियाले अब फाइनलमा उपाधिका लागि भोली दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान प्रवेश गरिसकेको छ । 


प्रतिक्रिया