युरोकपमा पोर्चुगल जर्जियासँग पराजित

असार १४, २०८१ | काठमाडौं

युरोकप फुटबल अन्तर्गत समूह एफको अन्तिम खेलमा पोर्चुगल जर्जियासँग पराजित भएको छ । गएराति भएको खेलमा जर्जियाले पोर्चुगललाई २–० गोल अन्तरले पराजित गरेको हो । हारका बाबजुद पोर्चुगल समूह विजेता भने बन्यो ।

खेलको दोस्रो मिनेटमा क्विचा क्भारात्क्षेलियाले गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको जर्जियाले ५७ औं मिनेटमा पेनाल्टी मार्फगत अग्रता दोब्बर गर्यो। 

एन्टोनियो सिल्भाले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि प्राप्त अवसरमा जर्जियाका मिकाउताद्जेले गोल गरेका हुन् । यसै समूहको अर्को खेलमा टर्कीले १० खेलाडीमा सिमित चेक गणतन्त्रलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।


प्रतिक्रिया