एनपीएल क्रिकेटमा काठमाडौं र विराटनगरको पहिलो जित
मंसिर १९, २०८१ | काठमाडौं
नेपाल प्रिमियर लिग क्रिकेटमा आज काठमाडौं गोर्खाज र विराटनगर किङ्ग्सले रोमाञ्चक जित निकालेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा काठमाडौंले कर्णाली याक्समाथि ३ विकेटको जित निकाल्दा दोस्रो खेलमा विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्यो ।
टस हारेर पहिले ब्याटिङ गर्दै कर्णालीले निर्धारित ओभरमा ५ विकेट गुमाएर दिएको १ सय ५० रनको लक्ष्य काठमाण्डौले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा सुमित महर्जनले नट आउट रहँदै सर्वाधिक ४० रन जोड़े ।
कर्णालीका सोमपाल कामी, जिशान मक्सुद, विपिन शर्मा,नन्दन यादव र गुलशन झाले समान १÷१ विकेट लिए । कर्णाली याक्सका लागि ओपनर शिखर धवनले सर्वाधिक ७२ रन जोडेका थिए ।
काठमाडौंका जेरार्ड एरास्मसले २ तथा नाथन स्वटर, दिपेश कँडेल र कप्तान करण केसीले समान १÷१ विकेट लिए ।
दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको लक्ष्य विराटनगरले १९ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो । विराटनगरको जितमा ओपनर लोकश बम निर्णायक बने ।
उनले ६ छक्का र ३ चौका सहित ७१ रन जोडे भने बसिर अहमदले ४० र मार्टीन गप्टीलले २९ रन बनाए । जारी प्रतियोगितामा लुम्बिनीले सबैभन्दा ठूलो स्कोर खडा गरेपनि जित सकेन । लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले ४६ रन बनाए ।
२९ बलको समाना गरेका उनले २ छक्का र ४ चौका प्राहार गरे । यस्तै टोम मोरेसले ३० तथा विवेक यादवले नट आउट रहँदै १९ रन बनाए ।
विराटनगरका लागि सन्दिप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान १ ÷१ विकेट लिए । जारी प्रतियोगितामा काठमाडौं र विराटनर दूवै टोलीले पहिलो जित दर्ता गराएका हुन् ।