राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

चैत्र ९, २०८१ | काठमाडौं

चितवनमा आयोजित राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । चितवनको भरतपुरस्थित कृष्णपुर खेल मैदानमा त्रिभुवन आर्मी क्लबलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।

 खेलको १३ औं मिनेटमा विमला चौधरीको हेडर गोल मार्फत अग्रता बनाएको आर्मीले खेलको अन्त्यतिर पुग्दा जोगाउन नसक्दा पराजित भएको हो । ७५ औं मिनेटमा प्रिति राइको पासमा रश्मि कुमारी घिसिङले हेडर मार्फत गरेको गोलसँगै एपीएफले पुनरागमन गरेको थियो ।

 निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राईबेकरबाट लिइएको हो । च्याम्पियन एपीएफ क्लबले ३ लाख रुपैयाँप्राप्त गरेको छ भने उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । 


प्रतिक्रिया