पीएम कप क्रिकेटमा बागमती प्रदेशको तेस्रो जित

चैत्र ९, २०८१ | काठमाडौं
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले तेस्रो जित निकालेको छ ।
दाङको लमही मैदानमा कोशी प्रदेशमाथि १ सय ३१ रनको फराकिलो अन्तर सहित बागमती प्रदेशले तेस्रो जित निकालेको हो । टस जितेर सुरुवाती ब्याटिङ गर्दै बागमतीले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश २५ दशमलव ३ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटिएसँगै बागमतीले सहज जित निकालेको हो ।
कोशीलाई कम स्कोरमा समेट्ने क्रममा बागमतीका सूर्य तामाङले ५ तथा रिजन ढकालले ३ र साकार गजुरेलले २ विकेट लिए । त्यस अघि बागमती प्रदेशले ४९ दशमलव ३ ओरभमा सबै विकेट गुमाउँदै २ सय ४० रनको योगफल तयार पारेको थियो । आजको जितसँगै बागमती प्रदेश ७ खेलबाट ६ अंक सहित छैंटौ स्थानमा छ भने कोशी प्रदेश १० औं स्थानमा पुगेको छ ।