बोक्सीको आरोपमा कुटपिट गर्ने एक पक्राउ

श्रावण २५, २०७७ | पाल्पा

बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा पाल्पाबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१ घर भई नवलपरासीको देउचुली नगरपालिका–४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र ३७ वर्षीया यममाया कुमाल छन् । 

पाल्पाको रामपुर नगरपालिका–८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा एक पुरुष र एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी घाइते बनाएका थिए । झारफुक गर्ने क्रममा पुरुषलाई बोक्सीको आरोपमा कुटपिट गरेपछि उनीहरु पक्राउ परेका हुन् । 


प्रतिक्रिया