बालिका बलात्कार अभियोगमा सल्यानबाट एक पक्राउ

श्रावण २६, २०७७ | सल्यान

बालिकामाथि बलात्कार गरेको अभियोगमा सल्यानबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शारदा नगरपालिका–१ श्रीनगरका ४५ वर्षीय हिमराज बुढाथोकी रहेका छन् । 

आफ्नै होटलमा काम लगाई दिन्छु भनी प्रलोभनमा पारेर १५ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा होटल सञ्चालक बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । 

बलिकाकी परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले बुढाथोकीलाई शारदा नगरपालिका–१२ रेसमज्युलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरिक्षक ढकेन्द्र खतिवडाले बताउनुभयो । 

उनले तीन दिन अघि बालिकालाई शारदा नगरपालिका–१ दारिमचौरको जंगलको बाटोमा लगेर बलात्कार गरेका थिए । पक्राउमा परेका बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालयको हिरासत राखेर थप अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो । केहीवर्ष यता जिल्लामा बलात्कारका घटनामा वृद्धि भईरहेको उहाँको भनाई छ । 


प्रतिक्रिया