करेन्ट लागेर चितवनमा दुई सैनिकको मृत्यु

भाद्र २७, २०७७ | चितवन

कार्यालय परिसरभित्र रहेका रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा शनिबार चितवनमा दुई जना सैनिकको मृत्यु भएको छ । 

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही राजन कुमालको मृत्यु भएको हो ।  

बिहान ११ बजे तिर रुखको हाँगा काट्दा बिजुलीको नाङ्गो तारलाई छोएको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार सुवेदार राजुबाबु श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । 

यस्तै, सिपाही राजन कुमालको उपचारको क्रममा भरतपुरको सरकारी अस्पतालमा पौने १२ बजे मृत्यु भएको डीएसपी थापाले जानकारी दिनुभयो । 


प्रतिक्रिया