सुनको गहना किनेर नक्कली नोट दिएर फरार

आश्विन १, २०७७ | ललितपुर

ललितपुरको ताल्छीखेलबाट प्रहरीले ४ लाख ६५ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । 

ताल्छीखेलस्थित डम्बरबहादुर रिजालको सुन पसलमा बिहीबार बिहान आएका २ जना ब्यक्तिले ५ तोला बराबरको सुनको गहना किनेर १ हजार दरका ४ सय ६५ थान नक्कली नोट दिई फरार भएका थिए । 

सो जानकारी पछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले नक्कली नोट नियन्त्रणमा लिएको हो । 

बरामद ५ गड्डीमा ४ सय ६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १/१ थान सक्कली नोट राखेको फेला परेको डीएसपी मित्रबन्धु शर्माले बताउनुभयो । 

सुनका गहना लिई फरार भएका ती व्यक्तिहरुको खोजी भईरहेको उहाँले बताउनुभयो ।    


प्रतिक्रिया