राप्ती प्रादेशिक अस्पतालमा प्रसूति र आकस्मिक सेवा सुरु

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल । २ डाक्टर सहित नौ जनामा कोरोना संक्रमण भएपछि अस्पताल सिल गरिएको छ । तस्बिर : दुर्गालाल केसी/रेडियो कान्तिपुर । 

भाद्र १६, २०७७ | दाङ

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रसूति र आकस्मिक सेवा सुरु भएको छ । दुई जना डाक्टरसहित नौ जनालाई कोरोना भाइरुसको संक्रमण देखिएपछि सिल गरिएको सो अस्पतालमा सोमबारबाट प्रसूति र आकस्मिक सेवा सुरु गरिएको छ । 

बिरामीहरुको समस्यालाई ध्यानमा राखेर सोमबार रातिदेखि सेवा शुरु गरिएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

गत शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा अस्पतालका २ जना डाक्टर, २ जना नर्स, ३ जना अन्य स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएपछि तत्काल अस्पताल सिल गरिएको थियो । 

अस्पताल व्यवस्थापन समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवा बन्द गर्ने निर्णय गरेकोमा हाललाई प्रसूति र आकस्मिक सेवा मात्रै सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपेरिण्टेण्डेण्ट डा. पदमराज अधिकारीले बताउनुभयो । 


प्रतिक्रिया