बैतडीमा एक सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

भाद्र २८, २०७८ | बैतडी

बैतडीको डिलाशैनी गाउँपालिका–७ की २० वर्षीया एक सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । डिलाशैनी-७ ढाडकी २० वर्षीया मञ्जु कार्कीको सोमबार हेलिकप्टर मार्फत उद्धार गरी धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाईएको छ ।

कार्कीले डिलाशैनी गाउँपालिका वडा नम्बर–४ स्थित हाडाकोट स्वास्थ्य चौकीमा बच्चा जन्माएपनि साल अड्किएपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो । उनलाई थप उपचारको लागि धनगढी लगिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 

कार्कीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरी धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाईएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो । 

सडक मार्ग हुँदै ल्याउन ६/७ घण्टा लाग्ने भएकाले उनलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो । यस कार्यक्रममा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई नि:शुल्क हवाई सेवा प्रदान गरिन्छ ।


प्रतिक्रिया