स्तनपान गराइरहेकाले महिलालाई ढुक्क भएर कोभिड १९ विरुद्धको खोप लगाउन आग्रह

पुस २६, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्तनपान गराइरहेकाले महिलालाई ढुक्क भएर कोभिड १९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । खोपले आमा र बच्चा दुबैलाई सुरक्षा प्रदान गर्ने मन्त्रालयले दाबी गरेको छ । यस्तै कोभिड १९ विरुद्धको खोपले गर्भपात गराउने , कम तौल भएका बच्चा जन्मने कुरा गलत रहेको मन्त्रालयले जनाएको छ । 

दुबै विषयमा कोभिड १९ विरुद्धको खोपको कुनै सम्बन्ध नरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ । गर्भवती भएको तीन महिनापछि मात्र कोभिड १९ विरुद्धको खोप लगाउन सकिने मन्त्रालयले सूचना मार्फत जानकारी गराएको छ ।  


प्रतिक्रिया