खोपको व्यवस्था गर्दै वाग्मती सरकार

पुस ३०, २०७८

वाग्मती प्रदेश सरकारले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्‍याउने भएको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बैठकले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्‍याउने निर्णय गरेको हो । 

स्वास्थ्यमन्त्री निमा लामाका अनुसार प्रदेशमा खोप लगाउने नागरिकको दर बढाउन समुदाय तहसम्म कोभिड विरुद्धको खोप अभियान पुर्‍याउन आवश्यकता अनुसार खोप केन्द्र विस्तार गर्न लागिएको हो । वाग्मती प्रदेशका कतिपय स्थानीय तहमा लक्ष्य भन्दा कम जनसंख्याले खोप लगाएको तथ्यांकले देखाएकाले खोप अभियानमा जनप्रतिनिधिको पहल कदमी आवश्यक देखिएको मन्त्री लामाको भनाई छ । 

उहाँका अनुसार यातायातकर्मीलाई समेत लक्षित गरी बसपार्क र सार्वजनिक स्थलमा खोप अभियान सञ्चालन गरिने भएको छ ।


प्रतिक्रिया