थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

वैशाख १७, २०७९ | काठमाडौं

पछिल्लो पटक नेपालमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २ सय १४ जनामा गरिएको नमुना परीक्षणबाट ५ जनामा संक्रमण पुष्टि भएको हो । थप १७ जना संक्रमणमुक्त भएका छन् । 

मूलुकभर २ सय ३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कुल लक्षित जनसंख्याको ७६ दशमलव ३ प्रतशतले कम्तिमा एक मात्रा खोप लगाएको र ६७ दशमलव १ प्रतिशतले पूर्ण मात्रा लगाएको मन्त्रालयले जनाएको छ । यस्तै १२ वर्ष वा सो भन्दा माथिका ९५ दशमलव ४ प्रतिशतले कोभिड १९ विरुद्धको कम्तिमा एक मात्रा र ८४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया