कोरोनाका ९ सय १२ संक्रमित थपिए

श्रावण २०, २०७९

नेपालमा पछिल्लो पटक थप ९ सय १२ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ९१ नमुना परिक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । यो संगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।

थप एक संक्रमितले ज्यान गुमाएका छन् भने ३ सय ७० जना निको भएका छन् । नेपालमा हालसम्म संक्रमणका कारण ११ हजार ९ सय ७० जनाले ज्यान गुमाएका छन् । मन्त्रालयले संक्रमणका कारण अस्पतालमा भर्ना हुने मध्ये वाग्मती प्रदेशमा सबैभन्दा धेरै रहेको जनाएको छ । प्रदेशका विभिन्न अस्पतालमा गरि ३४ जना आईसियुमा उपचारत छन् । अहिले देशैभर गरि ४२ जना आईसीयु र २ जना भेन्टिलेटरमा छन् । 


प्रतिक्रिया