नेपालमा डेंगुका बिरामीको संख्या ११ हजार नाघ्यो

भाद्र २९, २०७९

नेपालमा डेंगुका बिरामीको संख्या ११ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार डेंगुका बिरामीको संख्या ११ हजार ६५ पुगेको छ । त्यसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै ८ हजार ३ सय ९० जनामा डेंगु देखिएको महाशाखाको तथ्यांकमा उल्लेख छ । त्यसपछि लुम्बिनी प्रदेशमा १ हजार ४ सय २१ जनामा डेंगु संक्रमण भेटिएको छ । 

मूलुकभरका १० वटा जिल्लामा डेंगुको प्रकोप बढी देखिएको छ । काठमाण्डौं, ललितपुर, भक्तपुर, मकवानपुर, रुपन्देही, दाङ, चितवन, धादिङ, काभ्रेपलाञ्चोक र तेह्रथुम लगायत १० जिल्लामा सबै भन्दा डेंगुका बिरामी भेटिएको महाशाखाले जनाएको छ । डेंगु बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिकार्यका कामहरु शुरु गरीसकेको जनाएको छ । 


प्रतिक्रिया