कञ्चपुरको दोधारा चाँदनीमा भारतीयको अवैध मेडिकल

रेडियो कान्तिपुर संवाददाता

आश्विन ४, २०७९ | कञ्चपुर

कञ्चनपुरको महाकाली पारिको दोधारा चाँदनी नगरपालिकामा अधिकांश मेडिकल अवैध रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाले यसै साता अनुगमन गर्दा अधिकांश दर्ताबिना नै मेडिकल सञ्चालनमा रहेको पाइएको हो । 

नगर प्रमुख किशोरकुमार लिम्बूसहित उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाको टोलीले संयुक्त रूपमा अनुगमन गर्दा अवैध रूपमा खुलेका मेडिकल सञ्चालकको भागाभाग नै मच्चिएको थियो । सो क्षेत्रमा २१ वटा मेडिकल भारतीय नागरिकले अवैध रुपमा सञ्चालन गरेको पाइएको नगर प्रमुख लिम्बूले जानकारी दिनुभयो । 


प्रतिक्रिया