दादुरा प्रकोप कम हुँदै

पुस २९, २०७९

दादुरा संक्रमणको महामारी फैलिएको बाँकेको नेपालगञ्जमा खोप अभियान सुरु भएसंगै प्रकोप कम हुँदै गएको छ । दादुराबाट संक्रमित भएकामध्ये आधा जति निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय, नेपालगन्जका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार नेपालगन्जमा अहिलेसम्म एक सय ३० जना दादुरा संक्रमण देखिएको छ । जसमध्ये ७१ जना निको भइसकेका छन् । 

जिल्लाका विभिन्न अस्पतालमा चार संक्रमितको उपचार भइरहेको छ भने संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । सरकारले खोपलाई प्राथमिकतामा राखेपछि नेपालगन्जका सबै वडामा खोप अभियान पुर्‍याउने तयारी गरिएको छ । २३ वडा वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकाका १४ वटा वडामा खोप अभियान पुर्‍याइएको छ ।  


प्रतिक्रिया