बाँकेमा कुष्ठरोग निवारणमा चुनौती

माघ ७, २०७९ | काठमाडौं

बाँकेमा कुष्ठरोगका नयाँ बिरामी फेला पर्न थालेका छन् । सरकारले सन् २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएपनि बाँकेमा कुष्ठरोगीका नयाँ बिरामी भेटिनुले लक्ष्य पूरा गर्न चुनौती हुने स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले बताउनुभयो ।

उहाँले कुष्ठरोग निवारणको लागि स्थानीय सरकारले पनि चासो दिनुपर्ने बताउनुभयो । जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक सय ५७ जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ ।

पहिचान भएकामध्ये ६१ जना बाँकेका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि रहेको अस्पतालका प्रमुख थारुले बताउनुभयो ।


प्रतिक्रिया