चिसोबाट हुने स्वास्थ्य सम्बन्धी बिरामीको संख्या बढ्दै

पुस २०, २०८१ | काठमाडौं

काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा चिसोबाट हुने स्वास्थ्य सम्बन्धी बिरामीको संख्या बढेको छ ।

चिसोका कारण रुघाखोकी, ज्वरो, निमोनियाका बिरामीको संख्या बढ्न थालेको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुुनले बताउनुभयो ।

बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, रुघाखोकी, ज्वरो जस्ता समस्या देखिन सक्ने भन्दै सावधानी अपनाउन आवश्यक रहेको डा पुनको भनाई छ । ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवतीले रुघाखोकी लगायत समस्या देखिए तत्कालै चिकित्सकको परामर्श लिनुुपर्ने डा. पुुनले सुझाव दिनुभयो ।

मुलुकभर चिसो बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुुढाथोकीले जाडो महिनामा चिसोका कारण विभिन्न खाले स्वास्थ्य समस्या बढ्ने गरेकाले सर्तकता अपनाउन आग्रह गर्नुभएको हो ।  


प्रतिक्रिया