ताप्लेजुङ डायरी

माघ ४, २०७९ | ताप्लेजुङ

ताप्लेजुङको सुकेटारबाट काठमाडौं सातै दिन उडान हुने भएको छ । नेपाल एयरलाइन्सले चार र सीता एयरले तीन उडान गर्ने भएका हुन् । दुबै एयरलायन्स कम्पनीले सुकेटारबाट सोमबार, बुधबार र शुक्रबारको उडान तालिका राखेका छन् । नेपाल एयरलाइनसले भने बिहीबार पनि उडान गर्ने भएको हो । यी जहाजले एकतर्फी १३ देखि १५ जनासम्म यात्रु ओसार्ने गरेका छन् । सीता एयरको विमानले प्रत्येक शुक्रबार सुकेटार–भद्रपुर पनि उडान गर्ने जनाएको छ ।

जिल्लामा उत्पादित अलैंची बजारमा पुगेको दुई महिना भईसक्दा पनि मूल्यमा सुधार हुन सकेको छैन । ताप्लेजुङमा अहिले प्रतिमन २६ र झापामा २७ हजार रुपैयाँले कारोबार भईरहेको ब्यवसायीले बताएका छन् । ताप्लेजुङ लगायत देशका ४२ जिल्लामा उत्पादन हुने अलैचीको मूल्य एक दशक अघि १ लाख २० हजार रुपैंयाँसम्म पुगेको थियो । गत वर्ष पनि ३५ हजार प्रतिमनले कारोबार भएको थियो ।

योवर्ष माघ पहिलो सातासम्म पनि ताप्लेजुङमा हिउँ परेको छैन । मंसिर अन्तिम देखिनै हिउँपर्ने पाथीभरा, ओलाङचुङगोला, घुन्सा लगायत क्षेत्रमा अहिलेसम्म हिउँ नपरेको स्थानीयले वताएका छन् । हिमपात नभएपनि चिसोभने अधिक बढेको उनीहरुको अनुभव छ । मौषम परिवर्तनका कारण हिउँपर्ने समय तालिका बदलिएको थानीयले बताए ।

३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरामा लिफ्टीङबाट पानी पुर्‍याउने काम अन्तिम चरणमा पुगेको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार चिसोले पाइप नजमे अब मन्दिरका धारोमा पानी झार्नेसम्मको तयारी सम्पन्न भएको छ । काफ्ले पार्टीदेखि ५ किलोमिटरको दूरीमा रहेको मन्दिरमा भालुगौंडेको पानी लिफ्टीङ मार्फत लाने काम भइरहेको छ । 


प्रतिक्रिया