नेप्सेमा झण्डै साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार

फाल्गुन १५, २०७६ | काठमाडौं

कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा आज करीब साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । धितोपत्र बजारमा आज पुन: कारोबार रकमले नयाँ रेकर्ड बनाएको हो । 

कारोबार हुने अन्तिम दिन आज ४ अर्ब ४६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

अघिल्लो दिन बुधबार ५० अंकले उकालो लागेको नेप्सेमा एकै दिन ४ अर्ब १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरी नयाँ रेकर्ड बनाएको थियो । पछिल्लो समय नेप्से बढेसँगै दैनिक कारोबार रकममा पनि उल्लेख्य सुधार भइरहेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक आज ३६ दशमलव ५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ बिन्दुमा पुगेको छ । 

नेप्सेमा आज कारोबार भएका बैंक, विकास बैंक र उत्पादनमूलक बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक २ सय १३ दशमलव ३९ अंकले घटेको छ । 

यस्तै, जीवन बीमाको १ सय ६४ दशमलव ६३, लघुवित्तको ५६ दशमलव ३५ र व्यापार समूहको ४८ दशमलव ४३ अंकले घटेको छ । 

आज कुल १ सय ८० कम्पनीका ३५ हजार ४ सय ६७ कारोबारबाट एक करोड ८ लाख ५९ हजार कित्ता सेयर किनबेच भए । 

नेप्सेमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबै भन्दा बढी कारोबार भयो । नेपाल लाइफको २८ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 


प्रतिक्रिया