धिरज राईको लुकी—लुकी सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

चैत्र ९, २०७८

पप गायक धिरज राईले आफ्नो करिब २५ बर्ष पुरानो चर्चीत गीत लुकी—लुकीको रि—रेकर्ड सार्वजनिक गरेका छन् । यो गीत सँगै गायक राई करिब ५ बर्षपछि सांगितिक क्षेत्रमा फर्किएका छन् । पारिवारिक तथा अन्य कारण लामो समय सांगितिक क्षेत्रबाट केहि पर रहेका गायक राई कुनै समय पप गीतका किङस्का रुपमा थिए । आफै शव्द बनाउने र आफै संगीत गर्ने कलामा पोक्त राईलाई पुन: सांगीतिक क्षेत्रमा भने कीर्तिपुरका दुई नव कलाकार देलविस दर्शनधारी र राज रोहण तुम्बाहाम्फेले फर्काएका हुन । उनको चर्चीत पप गीत लुकी लुकी लाई नयाँ स्वरुपमा देलविस र राजले बजारमा ल्याएका हुन । 

ट्रि इन्टटेन्मेन्टको ब्यानरमा बनेको नयाँ म्यूजिक भिडियोमा देलविस, राज रोहण र आचल शर्मालाई देख्न सकिन्छ । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । काठमाडौं ऐतिहासिक नगरी कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरि म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । करिब २५ बर्ष पुरानो गीतलाई पुन: जीवन दिएकोमा गायक राईले खुशी व्यक्त गरे । उनले भने कुनै समय पप गीतको एक जमाना थियो हरेक यूवा यूवतीको पहिलो रोजाइ थियो । गीत सार्वजनिक गर्दै कीर्तिपुरका मेयर रमेश महर्जनले आफ्नो युवा अवस्थामा धेरै सुनेको गीतलाई पुन: नयाँ प्रविधिमा सुन्न पाउदा खुशी व्यक्त गरे । कार्यक्रममा नायक शिव श्रेष्ठले भिडियोको प्रशंसा गरे । उनले अहिले युवा पुस्ताको रोजाई अनुसार अघि बढ्नु पर्ने भएकाले सोहि अनुरुप मनोरञ्जनको क्षेत्रको विकास गर्दै अघि बढ्नु पर्ने बताए । ट्रि इन्टटेन्मेन्टका प्रवन्ध निर्देशक दिपक नेपालीले बजारको माग अनुसार म्यूजिक भिडियो तयार गरेकाले सबैको रोजाईमा पर्ने बताए । 


प्रतिक्रिया