बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान पाचौं शृंखलाका कार्यक्रमहरु सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २३, २०७९

अमेरीकाको हेरिस्वर्गमा हुन लागेको बृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान पाचौं शृंखलाको कार्यक्रमहरु सार्वजनिक गरिएको छ । विश्व भूटानी साहित्य समाज(जिबिएलओ) बिभूसास हेरिस्वर्ग च्याप्टरको आयोजनामा हुन लागिरहेको अनुष्ठानको बारेमा डिजिटल प्लेटफर्म जुममार्फत जानकारी गराईएको हो । अमेरीकाको हेरिस्वर्गमा आगामी जुलाई २९ देखी ३१ तारिख सम्म तिन दिन सञ्चालन हुने कार्यक्रममा पुस्तक बिमोचन, कार्यपत्र, सिद्धान्त माथि बहस, साहित्यिक साँझ सहित सास्कृतिक साझ र स्रष्टा भ्रमण गरि बिभिन्न उत्कृष्ट कार्यक्रमहरु राखिएको जिबिएलओका अध्यक्ष कर्ण गुरुङले जानकारी दिनुभयो । यसका साथै यस पटक देखी नेपाली साहित्यमा बिशिष्ट योगदान गर्नुहुने अग्रजलाई सम्मान समेत गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । पहिलो पटक अग्रज साहित्यकार लिला बहादुर क्षेत्रीलाई लाईफटाईम अचिपमेन्ट अवार्ड दिन लागिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

समाजको विकासका लागी भाषा नै प्रमुख बिषय रहेकोले भाषाको संरक्षण, संवर्द्धन विकासले समाजको पनि सार्वभौम विकास हुने भन्दै कार्यक्रमलाई सफल बनाउन विश्वभरी रहेका नेपाली भाषी साहित्यकारहरुलाई एकै थलोमा भेला पार्न लागिएको आयोजक संस्था जिबिएलओका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिनुभयो । कार्यक्रममा रेडियो नेपालका अग्रज पत्रकार अमरधोज लामाले बालापनमा पढेको “बसाइँ”  उपन्यासलाई आफ्नै आखाँमा राखेको र यस तहको पुरस्कारले सम्मानित भएको देख्नु पनि साहित्य जगतको विशिष्ट उपलब्धि भएको जनाउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार, निर्देशक एवं पत्रकार दिनेश डिसीले चलचित्र “बसाइँ” को एक पात्र रहेर काम गर्नु भएको र सोहि उपन्यास पुरस्कृत भईरहँदा आफु स्वयं पुरस्कृत भएको महसुस गरेको बताउनुभयो ।


प्रतिक्रिया