जो बाईडेन विरुद्ध डोनाल्ड ट्रम्प हावी

असार १४, २०८१ | काठमाडौं

अमेरिकी राष्ट्रपतिय निर्वाचन केन्द्रीत बहसमा राष्ट्रपति जो बाईडेन विरुद्ध रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प हावी हुनुभएको छ ।

९० मिनेट लामो सिएनएनको टेलिभिजन बहसमा ट्रम्पले बारम्बार बाइडेनलाई अर्थव्यवस्था, बाइडेनको विदेश नीति र गर्भपतनको विषयलाईं लिएर आक्रामण गर्नुभएको थियो ।

बाइडेनले भने ट्रम्पको हालै अदालतले आपराधिक क्रियाकलापमा दोषी ठहर र २०२० को चुनावी परिणामलाई उल्टाउन क्यापिटल हिलमा गरेको प्रयासलाई लक्षित अभिव्यक्ति दिनुभएको थियो ।

आगामी नोभेम्वर ५ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनको लागि वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक टेलिभिजनमा आमनेसामने हुनुभएको हो ।

महाशक्तिशाली राष्ट्रको सर्वोच्च पदको निर्वाचनको लागि ८१ वर्षे बाइडेन र ७८ वर्षे ट्रम्पबीच प्रतिस्पर्धात्मक बहस शुरु भएको हो । उहाँहरुको उमेरलाई लिएर समेत बहस भएका थिए ।  


प्रतिक्रिया