थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा ३७ वर्षीया पेतोङत्रान नियुक्त

श्रावण ३२, २०८१ | काठमाडौं

थाइल्याण्डको संसदले आज पूर्व प्रधानमन्त्री थाक्सिन् शिनावात्राकी कान्छी छोरी पेतोङत्रान शिनावात्रालाई नयाँ प्रधानमन्त्रीको रुपमा चयन गरेको छ ।

शिनावात्रा परिवारबाट पेतोङत्रान तेस्रो व्यक्ति प्रधानमन्त्री बन्नुभएको हो । उहाँको बुबा थक्सिन र फुपू यिंगलक शिनावात्रालाई गत वर्ष कू गरेर सत्ताबाट हटाइएको थियो ।

३७ वर्षीया पेतोङत्रान थाइल्याण्डको सबैभन्दा कम उमेर र दोस्रो महिला प्रधानमन्त्री पनि बन्न सफल हुनुभएको छ । उहाँ संसद्मा प्रधानमन्त्रीको लागि एकमात्र उम्मेदवार हुनुहुन्थ्यो र संसदमा बहुमत प्राप्त गर्नुभएको हो । 


प्रतिक्रिया