युक्रेनले आफ्नो भूमिमा १ सय भन्दा बढी ड्रोन आक्रमण गरेको रुसको दाबी

भाद्र २५, २०८१ | काठमाडौं

युक्रेनले आफ्नो भूमिमा १ सय ४४ वटा ड्रोन आक्रमण गरेको रुसले दाबी गरेको छ ।

ड्रोन आक्रमणका कारण आवासीय भवनमा आगो लाग्नुका साथै मस्कोमा उडानहरु समेत प्रभावित भएको रुसी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

रुसी उड्डयन प्राधिकरणका अनुसार ३० भन्दा बढि राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान समेत प्रभावित भएको छ ।

ड्रोन आक्रमणमा मस्कोको दुई वटा भवनमा समेत आगलागी भएको त्यहाँका गभर्नरले बताएका छन् ।

आक्रमणका क्रममा एक जनाको मृत्यु भएको छ ।

तीन जना घाइते समेत भएका छन् । युक्रेनले आक्रमण जारी राखेपछि ४३ जनालाई अस्थायी आवास केन्द्रमा सारिएको बताइएको छ ।

 यद्यपी, युक्रेनले भने सो आक्रमण बारे कुनै प्रतिक्रिया दिएको छैन ।

ब्रायन्स्क, कुस्र्क र मस्कोको विभिन्न शहरमा गरेको आक्रमण भने निस्तेज बनाएको रुसी रक्ष मन्त्रालयको दाबी छ । 


प्रतिक्रिया