प्रशिक्षार्थी चिकित्सकको हत्या भएको विरोधमा भारतमा प्रदर्शन

श्रावण ३२, २०८१ | काठमाडौं

प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा भारतमा प्रदर्शन चर्किएको छ ।

पश्चिम बंगालको कोलकोत्तास्थित एक अस्पतालमा प्रशिक्षार्थीका रुपमा कार्यरत ३१ वर्षीय चिकित्सकको सोही अस्पतालमा हत्या भएपछि प्रदर्शन चर्किएको हो ।

हत्या भएकी ती चिकित्सकको शव अस्पतालको सेमिनार हलमा गत साता भेटिएको थियो । घटनाको विरोधस्वरुप भारतीय मेडिकल एशोसिएसनमा आवद्व चिकित्कसले भोली मुलुकभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, महिला चिकित्सकहरुले पेशागत सुरक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । पश्चिम बंगालका दशौं हजार महिलाले स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । सो घटनासँग जोडिएको आशंकामा कोलकोत्ता प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । 


प्रतिक्रिया