हमासद्वारा चार इजरायली बन्धक रिहा

माघ १२, २०८१ | काठमाडौं

प्यालेस्टिाइनको विद्रोही समूह हमासले आज चार जना इजरायली बन्धकहरू रिहा गरेको छ । 

गत आइतवार गाजामा भएको युद्धविराम तथा बन्धक छाड्ने सम्झौताअनुसार उनीहरूलाई रिहा गरिएको हो । रिहा भएका करिना अरिएभ, डानिएला गिल्बोआ, नामा लेभी र लिरी अल्बाग इजरायली महिला सैनिकहरू रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । 

चार महिला सैनिकको बदलामा इजरायलले करिब २ सय जना प्यालेस्टिनी बन्दीलाई छाड्ने जनाइएको छ । हमासले केही दिनमा युद्धविरामको पहिलो चरणमा मुक्त गरिने अन्य २६ जना बन्धकबारे जानकारी दिने अनुमान गरिएको छ ।

 हमास र इजरायलबीच भएको सम्झौतामा प्रत्येक इजरायली सैनिक बराबर ५० जना र प्रत्येक सर्वसाधारण बराबर ३० जना प्यालेस्टिनी बन्दी छाड्ने उल्लेख छ । 


प्रतिक्रिया