व्यापार साझेदार बन्ने चीनको प्रस्ताव अष्ट्रेलियाद्वारा अस्वीकार

चैत्र २८, २०८१ | काठमाडौं
अष्ट्रेलियाले व्यापार साझेदार बन्ने चीनको प्रस्ताव अस्वीकार गरेको छ । अष्ट्रेलियाका लागि चीनका राजदुत जिओ चिआनले एउटा पत्रिकामा आफ्नो विचार लेख्दै अमेरिकाले आयातमा कर बृद्धि गरेसंगै अष्टे«लियालाई व्यापारीक साझेदार बन्न प्रस्ताव गर्नुभएको थियो ।
तर अष्ट्रेलियाका उप प्रधानमन्त्री रिचर्ड माल्र्सले विश्वमा जुनसुकै अवस्था भएपनि चीनसंग व्यापारिक साझेदारी नगर्ने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अष्ट्रेलियाले आफ्नो राष्ट्रिय हितका लागि व्यापारलाई विविधिकरण गर्ने पक्षमा भएपनि चीनसंग सहकार्य नगर्ने बताउनुभएको हो ।
यस्तै, उहाँले युरोपियन युनियन, इण्डोनेसिया, भारत, बेलायत तथा मध्यपूर्वी मुलुकसंग आर्थिक सहकार्य गरिने बताउनुभएको छ । अमेरिकाले चीनलाइ आयातमा १ सय २५ प्रतिशत कर बृद्धि गरेको छ । अष्टे«लियालाई भने न्युनतम १० प्रतिशत मात्र कर निर्धारण गरिएको छ ।