चिनियाँ सामानमा लगाइएको कर वृद्धि हटाउने अमेरिकाको संकेत

वैशाख ५, २०८२ | काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामान आयातमा लगाइएको कर वृद्धि हट्न सक्ने संकेत गर्नुभएको छ ।

चिनियाँ स्वामित्वमा रहेको भिडियो शेयरिङ एप टिकटकबारे आफ्नो मागमा सहमत भएमा कर हट्न सक्ने राष्ट्रपति ट्रम्पलाई उद्धृत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हाल अमेरिकाले चिनियाँ सामान आयातमा १ सय ४५ प्रतिशत कर वृद्धि गरेको छ ।

कर वृद्धि गरेसँगै उपभोक्ता गुमाउने त्रास बढेको र टिकटकको सन्दर्भमा सहमतीमा आएमा पुनरावलोकन गर्न सकिने ट्रम्पले बताउनुभएको हो । अमेरिकाको राष्ट्रिय सुरक्षामा दखल गर्ने भन्दै टिकटक प्रतिवन्ध लगाउने कानुन अमेरिकामा लागू भइसकेको छ ।

तर राष्ट्रपति ट्रम्पले सो कानुन लागू गर्न ढिलासुस्ती गर्दै आउनुभएको छ । टिकटकको स्वामित्व आफ्नो मुलुकमा आउनुपर्ने अमेरिकाको अडान छ । 


प्रतिक्रिया